Deshko News
८ आश्विन २०८०, सोमबार

सशस्त्र प्रहरीका डिआईजी अर्याल एआईजीमा बढुवा



काठमाडौं, वैशाख १४
सरकारले सशस्त्र प्रहरी बलका डिआईजी राजु अर्याललाई एआईजीमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो ।

यहि बैशाख ४ गते गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजी बढुवामा सिफारीस गर्ने निर्णय गरेको थियो । सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डीआईजीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएका थिए ।

डीआईजी अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालले बढुवाका लागि प्रमाणपत्र बुझाएपनि गृहले वरियताका आधारमा एक नम्बरमा रहेका अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

हालका महानिरीक्षक पुष्पराम केसीले १८ वैशाखमा अनिवार्य अवकाश पाएपछि १९ वैशाखदेखि अर्यालले सशस्त्रको नेतृत्व लिनेछन् ।

पेसाप्रति निडर, इमानदार र व्यावसायिक छवि बनाएका ४८ वर्षीय अर्याललाई बुधबार दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । उनी अब ६ दिन मात्र एआईजी रहनेछन् । सशस्त्र प्रहरी बलको २१ वर्ष लामो इतिहासमा सबैभन्दा छोटो समय एआईजी बनेर महानिरीक्षक बन्ने उनी पहिलो व्यक्ति हुनेछन् ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News