भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


 


काठमाडौं, वैशाख १९
भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको भन्दै आईओसीले नयाँ मूल्य अनुसार नेपाललाई मूल्य बढाएर नयाँ सूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ ।

यससँगै आगामी १५ दिनमा करीब रू५ अर्ब १९ करोड घाटा हुने स्थिति देखिएको निगमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दबाब परेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्