बजेट अधिवेशन आह्वान गर्ने तयारी


 


काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानको विषयलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासँग सभामुख अग्निप्रसाद सापकोटाले भेट गरेका छन् ।

सभामुख सापकोटा र प्रधानमन्त्री देउवाबीच आइतबार भेटवार्ता भएको हो ।

भेटमा संसद्को अधिवेशन, सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका छलफललगायत विषयमा कुराकानी भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले अधिवेशनलगायतका विषयमा छलफल भएको जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्