पूर्वी नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते


 


काठमाडौं, वैशाख २१
पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलबार आक्रमण गरेको कांग्रेसको आरोप छ ।

लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन् । ५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ ।

यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो पनि तोडफोड गरिएको छ । एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्