भोजपुरमा ४९ वटा वडाको मतगणना सम्पन्न, कुन वडामा को निर्वाचित ?



भोजपुर, जेठ १
शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्र्तगत यतिबेला मतगणना धमाधम भइरहेको छ भने परिणामहरु सार्वजनिक हुने क्रम शुरु भएको छ ।

नौ वटा पालिका रहेको भोजपुरमा ८१ वडा रहेका छन् । जसमध्ये ४९ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार एमाले र कांग्रेसले बराबरी १७ वटा वडा जितेका छन् । माओवादीले १४ वडा जितेको छ

निर्वाचन आयोगले प्रकाशित गरेको नतिजा अनुसार एमालेले हतुवागढी गाउँपालिकाको १, २,३, ४ र ९ नम्बर वडा जितेको छ ।
त्यस्तै अरुण गाउँपालिका १, पौवादुङमा गाउँपालिकाको वडा नं १, साल्पा सिलिछो २, आमचोक ३ र ४ टेम्के मैयुङ ८ र १ षडानन्द नगरपालिकाको १,७ र १४ नम्बर वडा जितेको छ ।

त्यस्तै नेपाली कांग्रेसले साल्पा सिलिछो १,३,४ र ५ आमचोक १ र २ पौवादुङमा २, भोजपुर नगरपालिकाको २,३,४ र ५ अरुण गाउँपालिकाको ३ र ५, षडानन्द नगरपालिकाको ८ र १३ नम्बर वडा जितेको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भोजपुर नगरपालिका १ , टेम्केमैयुङ ९, आमचोक ५,६,७,८,९ र १०, रामप्रसादराई गाउँपालिका १ र ३, पौवादुङमा ३ र ४ अरुण गाउँपालिकाको २ र ४ नम्बर वडा जितेको छ ।

त्यस्तै रामप्रसादराई गाउँपालिकाको वडा नं २ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । अब ३२ वटा वडाको मत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News