भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी


 


भोजपुर, जेठ २
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार दौलथ कुमार कुलुङ राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् ।

दौलथले १८ सय १४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका महेश राईले १७ सय ८६ मत प्राप्त गरे । एमालेका शान्तिबहादुर अधिकारीले १३ सय ८३ मत प्राप्त गरे । दौलथले धारा चुनाव चिन्ह लिएर अध्यक्ष पदमा विजयी भएका हुन् ।

यहाँ उपाध्यक्षमा कांग्रेसकी अस्मिता कुलुङ राईले उपाध्यक्ष जितेकी छन् । उनले १८ सय ६२ मत ल्याउँदा एमालेकी रीता घलेले १५ सय ८० र माओवादीकी जलवती कुलुङले १४ सय ४८ मत ल्याएकी थिइन् ।

६ वटा वडा रहेको यहाँ वडा न. २ बाहेक सबै कांग्रेसले ५ वटा पडा जितेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्