टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले


 


भोजपुर, जेठ ३
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले अध्यक्ष पद जितेको छ । गठबन्धनबाट कांग्रेसका सरोज बस्नेत विजयी भएका हुन् ।

बस्नेतले एमालेका ध्रुवराज राईलाई पराजित गर्दै अध्यक्ष जितेका छन् । बस्नेतले ३९ सय ८० मत ल्याए । राईले ३२ सय ५५ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने सत्तारुढ गठबन्धनलाई पराजित गर्दै एमालेकी रमा राई विजयी भएकी छिन् । राईले ३३ सय ८८ मत ल्याउँदा गठबन्धनकी नेकपा एकिकृत समाजवादीकी उम्मेदवार इन्द्रावती राईले ३२ सय ९८ मत प्राप्त गरिन् ।

गाउँपालिकाका अधिकांश वडा एमालेले जितेको छ । ९ वडा रहेको यहाँ एमालेले ५ माओवादीले १ कांग्रेसले २ र जसपाले एउटा वडा जितेका छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्