भरतपुर महानगरमा रेनु दाहालको अग्रता फराकिलो, १२ हजार १४० मतले अगाडि



काठमाडौं, जेठ १०
चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

ताजा मतपरिणाम अनुसार उनले ५१ हजार ११२ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका विजय सुवेदीले ३८ हजार ९७२ मतसहित रेनुलाई पछ्याइरहेका छन् ।

उनीहरूबीच १२ हजार १४० मतान्तर छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७०५ मत पाए । यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५१ हजार ९०३ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाकी हिमला गुरूङले ३० हजार ३२६ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News