‘संसदबाट पारित हुने गरी पशु कल्याण ऐनको मस्यौदा बन्‍छ’


 


काठमाडाैँ, जेठ १२
कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रा राय यादवले वर्तमान संसदबाट नै पारित हुने गरी पशु कल्याण ऐनको मस्यौदा बन्‍ने बताएका छन । राजधानी काठमाडौंमा मंगलबार आयोजित “नेपालमा पशु कल्याणको वर्तमान अवस्था र आगामी कार्यदिशा” नामक राष्ट्रिय गोष्टीमा उनले साे कुरा बताएका हुन्।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश र स्नेहाज् केयरको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रमले नेपालमा पशु कल्याण ऐन तुरुन्त बन्नुपर्ने सहितको घोषणा पत्र पनि पारित गरेको छ ।


संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सातवटै प्रदेश मन्त्रालय, नेपालमा कृयाशील विभिन्न पशु कल्याण संघहरु र अन्य सरोकारवालाहरुको सहभागिता भएको उक्त कार्यक्रममा नेपालको शिक्षा प्रणाली, चिडियाखाना, पशु कल्याणको अवस्था, विश्व पशु स्वास्थ्य सङ्गठन अनुरुप पशु कल्याणको व्यवस्ठा र पशु कल्याण सम्बन्धी विद्यमान कानुनी अवस्थाको बारेमा ७ वटा कार्यपत्र प्रस्तुत भएको थियो ।

उक्त कार्यक्रममा ७ वटै प्रदेश मन्त्रालयका प्रतिनिधि तथा पशु सेवा विभाग सहितको एउटा  र  नेपालमा कृयाशील विभिन्न पशु कल्याण संघहरुसहित २ वटा प्यानलमा छलफल पनि भएको थियो ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेशका निर्देशक डा. मोगल प्रसाद शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डा ब्रज किशोर प्रसाद शाह तथा स्नेहाज् केयरकी संस्थापक स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणको अवस्ठा सुधारका निम्ती सबै उत्तिकै जिम्मेवार ढङ्गले लाग्नुपर्ने बताउँदै पशु कल्याण ऐनको आवश्यक्तामा विशेष जोड दिएका थिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्