बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न प्रधानमन्त्री देउवा सकारात्मक



काठमाडौं, जेठ १२
प्रधानमन्त्री शेरबहादुर देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिएका छन् ।

बुधबार नेपाली कांग्रेसमा महिला नेताहरुहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब बर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफुलाई मसुस भएको बताएका हुन् ।

देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । भेटमा आफुहरुले बलात्कार मुद्दाको हदम्याद पुनरावलोक गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

‘बलात्कारका घटनाहरु बढिरहेको छ । कतिपय घटनाहरुमा हदम्यादले अप्ठ्यारो पारेको महसुस मलाइ पनि भएको छ’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै नेता भुसालले जानकारी दिइन् ।

प्रचलित कानुन आुसार हाडनातामा करणीमा जहिलेसुकै उजुरी लाग्छ भने त्यसबाहेकका बलात्कार वा यौनजन्य हिंसाका घटना भएको एक वर्षभित्र उजुरी गर्नुपर्ने हुन्छ । नाबालिकको हकमा पनि बालिग (१८ वर्ष) भएपछि एक बर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, महिला नेताहरुले यो एक बर्षे हदम्यादले पीडितलाई अप्ठ्यारो पारेको उल्लेख गर्दै बलात्कारको घटनामा हदम्याद नै नराख्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News