कक्षा १२ को परीक्षा सोमबारदेखि : ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुँदै



काठमाडौं, जेठ १५
कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ ।

जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको छ ।

अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News