काठमाडौंका मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरु आज शपथ लिँदै



काठमाडौं, जेठ १६
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यले आज शपथ लिँदैछन् ।

सोमबार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

त्यसपछि मेयर शाहले उपमेयर डंगोललाई र वडाध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको महानरपालिका प्रशासनले जनाएको छ । मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ ।

राष्ट्रिय सभागृहमा हुने शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]gmail.com
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News