Deshko News
१४ आश्विन २०८०, आइतबार

तारा एयर दुर्घटना अपडेट : दुर्घटनास्थलबाट थप शव काठमाडौं ल्याउने तयारी, एउटा अझै फेला परेन



काठमाडौं, जेठ १७
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना भएको तारा एयरको जहाजमा परेर मृत्यु भएकाहरुको शवको उद्धार कार्य जारी छ । नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो ।

दुर्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ । कोवाङमा रहेका शवलाई आज काठमाडौं ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बाँकी २ वटा शवमध्ये एउटा भेट्न बाँकी भएको र अर्को एउटाको उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो ।

जहाजमा रहेका २२ मध्ये २१ यात्रुको शव फेला परिसकेको छ । एक शव खोजीका लागि सुरक्षाकर्मीहरू बिहानैदेखि दुर्घटना स्थलमा परिचालन गरिएका छन्।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए । काठमाडौं ल्याइएका शव पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News