किन बन्द गरियाे मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द ?



काठमाडौं, जेठ १८
मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले मङ् गलबारदेखि पानी पथान्तरण रोकी सुरुङमा पानी पठाउने एक, नौ र १० नम्बरका ढोका बन्द गरिएको जानकारी दिए।

उनले बुधबार ३८ नम्बरको ढोकासमेत बन्द गरिने बताउँदै वर्षायाम सकिएसँगै आगामी कात्तिकदेखि पानी पुनः सुन्दरीजल पठाइने जानकारी दिए।

उनले भने, “मौसमविद्हरूले बुधबारदेखि मनसुन सुरु हुने जानकारी दिएकाले आयोजनाको मुहान क्षेत्र संरक्षणका लागि सबै ढोका बन्द गर्न लागिएको हो।” सुरुङ मार्गमा पानी पथान्तरण रोकिएसँगै गत वर्षाको बाढीले क्षतिग्रस्त बनेका ढोका मर्मत गरिने छन्। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News