सशस्त्रकी इन्स्पेक्टर डा. गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी



काठमाडौं, जेठ १८
सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी डाक्टर गुरूङलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन् । बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको गृह मन्त्रालयबाट जारी सूचनामा उल्लेख छ ।

उनी मोरङको केराबारी घर भई एपिएफ अस्पताल बलम्बु काठमाडौंमा कार्यरत थिइन् । भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी छ ।

विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News