यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, जेठ १८
नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी क्षेत्रमा मौसम बदली छ ।

अहिले प्रदेश-१ र गण्डकीका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ ।

अहिले घाम लागे पनि मौसम फेरि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कतैकतै हावाहुरीसहित हल्का वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News