वर्षायामका तीन महिना सडक खन्न नपाइने, खनिएको भेटिए कारबाही गर्ने चेतावनी


 


काठमाडौं, जेठ २५
बर्खाका बेला जथाभावी सडक खन्न प्रतिबन्ध लगाइने भएको छ  । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै असार १ बाट भदौ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाइने भएको हो  ।

सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने स्पष्ट पारेको छ ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ,’ सूचनामा भनिएको छ,’त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने छैन ।’

कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गर्ने सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्