ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको मृत्यु
काठमाडौं, जेठ २९
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु र छोरीको मृत्यु भएको हो ।
एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटको ठक्करबाट हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएको थियो । बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।