कोटेश्वरबाट कछुवाका १० वटा बच्चासहित दुईजना पक्राउ



काठमाडौं, जेठ ३०
काठमाडौंको कोटेश्वरबाट कछुवासहित दुईजना पक्राउ परेका छन् । वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका-९ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला छन् ।

आइतबार राति पौने ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा वन्यजन्तुको अवैध कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनापछि प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूबाट १० वटा कछुवाका बच्चा बरामद गरेको छ । तीन वटा मोबाइल र एउटा बा ९९ प ४९४४ नम्बरको बाइक पनि बरामद गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News