सशस्त्र प्रहरीका ९ एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]



काठमाडौं. जेठ ३१
गृह मन्त्रालयले ९ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापालाई बढुवा गर्न सिफारिस गरेको हो।

साथै समितिले बढुवा सिफारिस उपर चित्त नबुझ्ने कोही योग्य उम्मेदवारहरु भए सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News