एपीएफ अस्पतालका प्रहरी निरीक्षक डा. साह सम्पर्कविहीन, सेवाबाटै हटाउने तयारी



काठमाडौं, असार २
गृह मन्त्रालयले लामो समयदेखि कार्यालयमा नआएका सशस्त्र प्रहरी निरीक्षक डा.सुजित कुमार साहलाई ७ दिन भित्रमा हाजिर हुन अनुरोध गरेको छ ।

सर्लाही हरिपुर्वा ९ का दरबन्दी आईडी नम्बर १५७५ भएका साह गत वैशाख १३ गतेदेखि विदा स्वीकृत नगराई सम्पर्कविहिन भएको छन् ।

एपीएफ बलम्बु अस्पताल​मा कार्यरत साह केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका कारण ७ दिनभित्र स्पष्टिकरण पेस गर्न भनेको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम १ को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसुरमा ऐ नियमावलीको ११० को खण्ड (ख) १ बमोजिम ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News