नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगर


 


काठमाडौं, असार ५
काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिन लागेको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको बताइएको छ ।

नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।

महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्