अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ


 


वीरगञ्ज, असार ८
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत घर भएका इरफान सुफियान खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेका हो ।

विशेष सुराकीको आधारमा मंगलबार उनलाई वीरगञ्जबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनास्थलबाट विभिन्न सामग्री र उपकरण पनि प्रहरीले बरामद गरेको छ । खानलाई अदालतबाट म्याद थप गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्