कास्कीमा ४.९ रेक्टर स्केलको भूकम्प


 


कास्की, असार ९
पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीवार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

धम्पुस केन्द्रविन्दु भएर गएको भूकम्प आसपासका क्षेत्रमा समेत महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्