काठमाडौंमा सवारी दुर्घटना : दुई जनाको मृत्यु



काठमाडौं, असार २३
काठमाडौंमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो। दुर्घटनामा घाइते केसीको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्ररहीले जनाएको छ।

यसैगरी, काठमाडौंको सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटरमा सवार चितवनका अन्दाजी ३५ वर्षीय अर्जुन लोहनी रहेका छन्।

लोहनी सवार बा ९५ प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे सडक डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा घाइते लोहनीको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News