जुम्लामा जलविद्युतको पावर हाउस भासियो, एकै परिवार तीन जनाको मृत्यु



जुम्ला, असार ३१
भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

बिहीबार राति करिब साढे २ वजे जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेको प्रहरीले जनाएको छ ।

हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News