वृद्धि भएको कर्मचारीको तलब आजबाट कार्यान्वयनमा, कसको कति ?



काठमाडौं, साउन १
आजदेखि आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन हुँदैछ । योसँगै सरकारले वृद्धि गरेको कर्मचारीको १५ प्रतिशत तलब पनि कार्यान्वयनमा गएको छ ।

अब साउन महिनाको तलब अघिल्लोभन्दा १५ प्रतिशतले वृद्धि भएर आउनेछ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरेका थिए ।

अब मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।

त्यस्तै, सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नायब सुब्बाको ३४ हजार ७३० र खरिदारको ३२ हजार ९ सय २ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News