बलात्कार आरोपमा एक युवक पक्राउ



पर्वत, साउन २
१३ बर्षीया बालिका बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१३ मा बस्दै आएका २४ वर्षीय खिम बहादुर बिक लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।

बिकले ती बालिकालाई गत असार ३१ गते राति १० बजेको समयमा पोखरा महानगरपालिका–५ लभ्ली डाँडामा लगेर बलात्कार गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनको खोजी थालेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते बिहान पौने चार बजे बिकलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News