पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : शुक्रबार प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी



काठमाडौं, साउन १२
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । सिंहदरबारस्थित संसद सचिवालयको अर्थसमितिको बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गर्दै शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिका सभापति सुरेन्द्र अर्यालले औपचारिक र अनौपचारिक रुपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने दाबी गरे ।
सचिव अर्यालले बिहीबार साढे १२ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News