ठमेलको कल सेन्टरमा प्रहरी छापा, चारजना चिनियाँ पक्राउ



काठमाडौं, साउन १२
काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । बुधबार प्रहरीले ज्याठास्थित कल सेन्टरमा छापा हानेको हो।

उक्त कल सेन्टरबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार कल सेन्टरबाट ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरिएको छ ।

सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, ब्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधी गर्ने गरेको आरोप प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले रुपन्देहीको कल सेन्टर र तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा परेको थियो । प्रहरीले तिनकुनेस्थित कल सेन्टरबाट १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो ।

सर्वसाधारणका लागी टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्स मार्फत भारतमा ऋण दिएर मिटरब्याज असुल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News