बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं, साउन १५
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तालामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ । जुन, गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।

शुक्रबार तोलामा ८०० रुपैयाँले बढेको सुनको मूल्य आज पुनः २०० रुपैयाँले बढेको हो । गत साताको बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News