तोलामा ३०० रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


 


काठमाडौं, साउन १८
आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ ।

महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो मंगलबार यसको कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ थियो ।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्