संसदमा पेश भएकाे पशु स्वास्थ्य तथा पशु सेवा विधेयक सच्चाउन माग


 


काठमाडाैँ, साउन २४
प्रतिनिधि सभामा पेश भएकाे पशु प्राविधिकहरुलाई मात्र नियमन गर्न ल्याइएको (पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६) प्रति नेपाल भेटेरिनरी एशोसिएसन आपत्ति जनाएकाे छ । भेटेरिनरी एशोसिएसनले उक्त विधेयकप्रति गहिरो चिन्ता तथा चासो व्यक्त गरेकाे छ ।

भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. सितल काजी श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,’मिति २०७९ श्रावण २२ गते संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले प्रतिनिधि सभामा पेश गरेको पशु प्राविधिकहरुलाई मात्र नियमन गर्न ल्याईएको (पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६) को नेपाल भेटेरिनरी एशोसिएसन गहिरो चिन्ता, चासो व्यक्त गर्दै जुन हिसावले संसदीय समितिले एकपक्षिय ढंगले अगाडि बढायो त्यसको घोर विरोध गर्दछ ।’

स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०ं२) गरेका पशु प्राविधिकहरुले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याईएको उक्त विधेयक एक पक्षिय, दमनकारी एवं षडयन्त्रपूर्ण ढंगले ल्याइएकाे अध्यक्ष डा. काजीले बताए ।

भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्‍याउने हिसावले ल्याइएको उक्त विधेयकमा सम्पूर्ण संसद सदस्यहरुको गम्भीर ध्यानाकर्षणको लागि नेपाल भेटेरिनरी एशोसिएसन गम्भीर तवरले अनुरोध समेत गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

विधेयकको नामदेखि लिएर अल्मलाउने तथा अस्पष्ट ढंगले प्रस्तावना वनाइनु निकै सन्देहपूर्ण रहकाे अध्यक्ष डा. काजीले बताए । उनले भने, ‘समितिमा विधेयक पेश भएको ३ वर्षमा हामी सरोकारवालाहरुलाई जम्मा एक पटक बोलाएर र पुन छलफलमा बोलाइयोस भन्ने निरन्तर आग्रहलाई समेत बेवास्ता गर्दै जबरजस्ती तरिकाले हताशको मनस्थितिमा समितिबाट अगाडि बढाइनु नै शंकापूर्ण थियो।’

विज्ञप्तिमा भनिएकाे छ,’विधेयकमा गरिएका कतिपय व्यवस्थाहरु नेपालको संविधान, मौजुदा केही कानूनहरु र अन्तर्राष्ट्रिय मापदण्डसंग बाझिएको कुरा समितिमा हामीले दर्ता गरेको लिखित दस्तावेजको बाबजुद उक्त सुझावलाई पूर्णरुपले व्यवस्था किन गरियो, यो प्रश्न अनुत्तरित नै रह्रयो।’

कतिपय अवस्थामा नेपालको संविधानले स्थानीय तहको एकल अधिकारको सूचिमा उल्लेख भएका प्रावधानहरुलाई (प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुगमन, मूल्याङ्कन र नियमनका अधिकार) समेत हस्तक्षेप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तत कानून निर्माता संसद सदस्यहरुलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं र पुनः उक्त विधेयकमा भएका गम्भीर त्रुटीहरु सच्याउनको लागि नेपाल भेटेरिनरी एशोसिएसनले जाेडदार माग गरेकाे छ।

प्रकाशित मिति: २४ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्