अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा


 


काठमाडौं, साउन २५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ ।

पछिल्लो केही समयको तथ्यांक हेर्दा धेरैजसो खरिदारदेखि अधिकृतसम्मलाई भ्रष्टाचार मुद्दा चलाइएको पाइएको छ । अख्तियारले पछिल्लो समय आफ्नो सक्रिया भने ह्वात्तै बढाएको छ ।

अख्तियारले मंगलबारमात्रै विभिन्न क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ । आयोगले खरिदार, नासु, उपभोक्ता समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यसअघि गत आइतबारमात्रै आयोगले एकैदिन १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ती मुद्दामा वन अधिकृत र सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । राजधानी दैनिकबाट

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्