पाँच विशिष्टको तलब बढ्यो, कसको कति ?


 


काठमाडौं, साउन २५
सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ ।

प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण आर्याल (हाल अवकाश) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री संघीय प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको तलब बढाउन आग्रह गरिएको छ ।

प्रतिवेदनमा राष्ट्रपतिको तलब दुई लाख ५० हजार , उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको १ लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ ।

विशिष्ट पदाधिकारीको तलब, सुबिधासम्बन्धी प्रतिवेदन २०७९ सरकारका मुख्य सचिव शंकरदास वैरागीसमक्ष दुई दिनअघि बुझाइएको छ । प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । नागरिक दैनिकबाट

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्