ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा



एजेन्सी, साउन २६
चीनले ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले एक हप्ताभन्दा लामो सैन्य अभ्यास गरेको हो ।

ताइवान आसपासमा भएको सैन्य अभ्यासका क्रममा विभिन्न मिसनलाई सफलतापूर्वक पूरा गरेको र सेनाको संयुक्त युद्ध क्षमताको प्रभावकारी परीक्षण समेत भएको चीनले जनाएको छ ।

यसैबीच, चीनले ताइवानसँगको शान्तिपूर्ण एकतामा जोड दिने बताएको छ । बेइजिङको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले श्वेतपत्र निकालेर चीनको पुनःएकीकरण प्रक्रिया कसैगरी नरोकिने दाबी गरेको छ । बेइजिङले ताइवान एकीकरण गरी छाड्ने दृढसङ्कल्प व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News