१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ



मोरङ, साउन २६
मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको आरोप लागेको छ ।

सोही आरोपमा नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ । ललाईफकाई बेलबारी स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको प्रहरीले जनाएको छ ।

बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए । परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित कानेपोखरी प्रहरीको शरणमा पुगेकी थिइन् ।

आफू असुरक्षित भएको भन्दै बालिका प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News