Deshko News
९ आश्विन २०८०, मंगलबार

नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती पक्राउ



काठमाडौं, साउन २६
नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् ।

पर्यटक प्रवेशाज्ञा टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवतीले पेस गरेको कागजात नक्कली भेटिएपछि अध्यागमनले पक्राउ गरी उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो ।

पक्राउ पर्नेमा माया तामाङ, पार्वती सार्की,अञ्जु बोहोरा,करुणा सिंह ठकुरी र सोमी धिताल रहेको विमानस्थल प्रहरीले बताएको छ ।

ती युवतीहरु जजीरा एयरबाट कुवेत हुँदै युएई जाने तयारीमा रहेका थिए । गृह मन्त्रालयले टुरिष्ट भीसामा खाडी मुलुक गएर काम गर्न निरुत्साहित गर्दै आएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News