जलविद्युतमा निजी क्षेत्रको बढ्यो चासो


 


काठमाडाैँ, साउन २९
पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ आयोजना बनाउन अध्ययन सम्पन्न गरी निर्माण अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएका हुन् ।

विभागमा २०६८ असोजदेखि परेका ६१ यस्ता आवेदनको सूची छ तर २०७९ पछि मात्रै २४ ठूला साना आयोजना निर्माणका लागि अनुमति माग गरिएको छ । विभागमा निर्माण अनुमति माग्नेमा नेपाल विद्युत् प्राधिकरणदेखि साना प्रवर्द्धनसम्म छन् । कुल पाँच हजार ७०१ मेगावाट क्षमताका आयोजना निर्माण अनुमतिको प्रतीक्षा सूचीमा छन् । यसमध्ये वैशाखयता मात्रै एक हजार १५६ मेगावाट क्षमताका आयोजनाका लागि आवेदन परेको हो ।

हालसम्म सात हजार दुई सय मेगावाटभन्दा ठूला आयोजनाले विद्युत् उत्पादन अनुमति पाइसकेको छन् । नेपालको विद्युत् भारतीय बजारमा उच्च माग देखेपछि बजार थप सुनिश्चित महसुस गर्दै प्रवर्द्धक लगानी गर्न उत्साहित भएको स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपानका अध्यक्ष कृष्ण आचार्यले बताए ।

“नेपालको बिजुली खेर जान पाउँदैन भन्ने मनोबलले लगानीकर्तामा उत्साह छ, बजार पहुँचमा एकाधिकार अन्त्य भयो भने यो उत्साह अझै बढ्छ,” उनले भने। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्