छाेरी बनाउँछु भन्दै महिनाैँसम्म लगातार बलात्कार



जुम्ला, साउन ३०
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेकाे छ । महतलाई चन्दननाथ नगरपालिका–५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

पीडित बालिकाकी आमाले पनि महतविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन् । आरोपित महतले पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने गरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए ।

आमाले जुम्लामै दोस्रो बिहे गरेकाले बालिका पनि जाजरकोटकाे कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन् । उनकी आमाले बजारमा व्यापार गर्छिन् । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्नेसँग कुराकानीपछि बालिकालाई महतले लगेका थिए ।

पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक बलात्कार गरेका थिए । महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिन गर्थे ।

छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने विष खाएकी थिइन । उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएकाे थियाे । घटना मिलाउन आराेपी महतले बालिकाकाे बैंक खातामा सात लाख रुपैयाँ राखिदिएकाे स्राेतकाे भनाइ छ । बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News