दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ


 


रामेछाप, साउन ३१
रामेछापमा एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका ४ का अध्यक्ष मानबहादुर सुनुवार रहेका छन् ।

एक पटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका-४ की निर्मला बस्नेतले आफ्नो जन्मदर्ता नै परिर्वतन गरी बहिनीको प्रमाणपत्रको आधारमा वडा कार्यालयमा जन्म दर्ता गराइ नागरिकताको सिफारिस लिएकी थिइन् ।

बस्नेतलाई जन्म दर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी र नागरिकताको सिफारिस दिने वडा सचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । दोहोरो नागरिकताको सिफारिस दिएको आधारमा वडा सचिवलाई प्रहरीले पक्राउ परेपछि वडाध्यक्ष सुनुवार फरार भएका थिए ।

रामेछाप जिल्ला अदालतले वडाध्यक्षसमेतलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएअनुसार सुनुवारलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्