आज साउन ३१ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साउन ३१ गते मंगलवारको राशिफल ।

मेष

गरेका काम अधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।

मिथुन

आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

सिंह

आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

तुला

महत्त्वपूर्ण कामको योजना र पुनस् थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

धनु

आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च पनि बढेर जानेछ ।

कुम्भ

आजको परिश्रमबाट पछि फाइदा मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कृषिको कारोबारबाट सफलता मिल्नेछ ।

बृष

आज साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कर्कट

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या

आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

बृश्चिक

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोबारमा सफलता पनि पाइएला ।

मकर

आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

मीन

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्