कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा सहकारीका म्यानेजर पक्राउ
महोत्तरी, भाद्र ३
संस्थाकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा सहकारीका म्यानेजर पक्राउ परेका छन् ।
महोत्तरीको गौशालाबाट प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर ३८ वर्षीय शत्रोहन यादवलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए ।
युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन् । बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार