इतिहासमा, कला–सभ्यतासँग नेपालको अवस्था र विश्व


 


सुरक्षा वाग्ले
अनुसन्धानकर्ताहरुको भनाइ अनुसार मानव सभ्यताभन्दा अघि नै कलाको सुरुवात भएको उल्लेख छ । पाषाण युगमा विभिन्न जातिहरु विस्तार हुदै थिए, एक जाति विलिन हुदै अर्काे जातिमा परिणत हुदै गए, त्यसै अनुरुप विस्तारै कलाको आरम्भ हुन थाल्यो । पहिलो जातिमा क्रोमाग्नोन जाति उल्लेख गरेको पाइएको छ । २५ हजार ई.पु. तिर गरिएको स्पेनको अल्टामिरा गुफा चित्रलाई उदाहरणको रुपमा लिएको छ । यसै कारण अल्टामिरा गुफा चित्रबाट नै कलाको सुरुवात भयो । समय र परिस्थितिसंगै प्राणीमा चेतनाको विकास हुन पुग्यो । आत्मरक्षाका लागि विकल्प खोज्दै जाँदा गुफालाई आफ्नो आश्रयको रुपमा प्रयोग गर्दै आए । त्यही वेला उनिहरुलाई विभिन्न समस्याहरुसंग जुध्नु प¥यो । सबैभन्दा धेरै जंगली जनावरबाट खतरा भएपछि साना जनावरलाई मारेर खान थालियो र ठुला जनावरको आक्रमणबाट बच्ने उपाएहरु पनि खोज्नु प¥यो ।

अभावले विकास तथा आविष्कारको सिर्जना गर्छ भने झै मानिसमा चित्र कोर्ने चेतना आयो, र उनीहरुले चित्रहरु कोर्न थाले । त्यसमा आफुलाई आक्रमण गर्ने ठुला हिंस्रक देखि आफ्नो खानामा पर्ने जनावरहरु पर्दथे । पछि दैविप्रकोपहरुबाट पनि असुरक्षित भएपछि प्राकृतिक वस्तुहरुको पनि प्रतिकको रुपमा चित्र कोरिन थालियो । यस्तै गुफामा हुदा, गुफाका भित्ता र सिलिङमा आकृतिहरु कोरिए । सभ्यताको विकाससंगै गुफामा बस्दा ठाँउ अभावमा गुफाबाट बाहिर निस्केर, रुख, टाड र मचाङमा बसे,अझै ठाँउ अभावमा नदि किनार, समुन्द्र हुदै महासागरको किनारमा वस्ती बसे । यसरी सुरुवाति अवस्थामा आफुले विजय हासिल गर्न नसकेका जनावर र प्रकृति माथी विजय हासिल हुने आकांक्षांमा चित्रहरु कोरिए । आफु विजयी भएको अवस्थामा उनिहरु अझ उत्साहित हुदै, कलालाई जादु र कलाकारलाई जादुगर को रुपमा चित्रण गरियो । समयसंगै अभावले आवश्यकता बनाईदियो । यहि रुप विकसित हुदै, आवश्यकता, इच्छा, सौख, विलासतिाको रुपमा कलाको विकास भयो ।

हामी यति भन्न सक्छौ कि, ऐतिहासिक रुपमा अफ्रिका, युरोप, एसिया र दक्षिण अमेरिका लगाएत सबै प्राचिन र मध्यकालिन सभ्यताहरुले कलाका विविध स्वरुपहरु जन्माएका छन । सभ्यताको विकाशसंगै संस्कृतिहरुको पनि विकास भएको छ । विकासका क्रममा विस्तारै माटाका भाडाकुडाँहरु बनाउन थाले, मुर्ति कँुदिन थाले । यसका नमुनाहरु प्रसस्त पाईएका छन । कलात्मक सौन्दर्यका अतिरित्त उनिहरुको सामाजिक संस्कार तथा आध्यात्मिक विस्वास अभिब्यत्त भएका छन । यद्यपी प्राचिन कलालाई पास्चात्य कलाविदहरु कला प्रतिको आधुनिक दृष्टिकोण तथा परिभाषा अनुसार तिनलाई कलाको कोटिमा राख्न सहमत छैनन ।

पाषण युगमा मुर्तिहरु पनि बनेका थिए । तर ति साना ४ से.मि. देखि २५ से.मि सम्म अग्ला र अस्वभाविक रुपले नारी आकृतिको बाहुल्य भएको थियो । मुर्तिहरु कमलो ढुङगा देखि हाड, हस्ति हाड, काठ , माटा आदिबाट बनाईएका थिए । बिसौँ सताब्दिका पुरातत्व विदहरुले, प्राचिन रोमनहरुका सौन्र्दयकी देवि भिनससंग जोडेर भिनस नाम दिएका थिए । जस्तै विलेनडोर्फ भिनस, लस्सेल भिनस आदि यस्तै गरेर गुफा चित्रमा साँडेहरुको कक्ष, द्वन्द्वरत जनावरहरु आदि प्रख्यात छन । पाषण युगलाई पनि पुर्व पाषण युग, उत्तर पाषण युग, नव पाषण युग भनेर विभाजन गरिएको छ । त्यसपछि सभ्यताको जन्म भयो । यस्तै गरेर कला विकासका क्रममा वैजाईनटाईन कला, रोमन कला, हेलेनिक कला तथा हेलेनिस्टक कला भनेर नामाकरण भयो । युरोपियन कलाको चित्रण गरिरहदा एसियन कलाको चित्रण नगर्दा, अनुचित हुनेछ । यसै त भारत लगाएत नेपालको कलाको इतिहास अत्यन्तै न्युन मात्रामा अनुसन्धान भएको देखिन्छ ।

अनुसन्धानको क्रममा भारतवर्षमा आदि कालदेखि नै चित्रकला ब्यवहारमा थियो । भारतमा कलाको उत्पतिबारे अध्ययन गर्दा, प्रमाणित रुपमा सिन्धुघाँटी सभ्यतालाई लिनुपर्छ । सिन्धुघाँटी सभ्यताको अध्ययनमा वास्तुकला वा स्थापत्यकला, मुर्तिहरु, सिल, टेराकोटा र भाँडामा कुँदिएका चित्रकला महत्वपुर्ण देखिन्छ । यहाँ को मुर्तिहरुमा दा¥हीवाल मानिसको टाउको वा पुजाँरीको अनुहार, पुरुषको अर्धशरिर, स्त्रीको धड, नर्तकीको मुर्ति, पुरुष नर्तक पाइएको छ । भारतमा सिल, तेराकोटा, भाडामा कुँदिएका चित्रकला नामाकरण गरेको भन्दापनि विषयवस्तुहरु मात्र पाइएका छन ।

नेपालको कलाकृतिको स्वरुप

नेपाली कलाको कुरा गर्दा नेपाली कला र सँस्कृतिको आफ्नै इतिहास छ । के नेपाली कला पनि विश्वप्रसिद्व छन त ? प्रश्न आउछ । यसरी युरोपियन कलाको बारेमा लेख्ने हो भने अझै धेरै लम्बिदै जानेछ । यसलेखमा मलाई युरोपियनको बारेमा जति छोटो लेख्छु भन्दापनि धेरै विषयहरु समेटिए । कलाकारहरु पनि पछिल्लो समयमा शैक्षिक पाठ्यक्रममै नाम समावेश भएका विश्वप्रशिद्व कलाकारहरु भ्यानगोग, लियोनारदोदा भिन्ची, माईकल एन्जेलो यस्तै थुप्रै कलाकार छन । जो यो लेखका लागि छुटाउनै नहुने पात्रहरु ह्ुन ।

मेरो मुख्य उदेश्य भनेको नेपाली कलाको जानकारीलाई अगाडी ल्याउनु हो । यसैक्रममा नेपालमा सर्वप्रथम कहिले, कहाँ र कस्तो कलाबाट सुरुवात भयो भन्ने जिज्ञासा सबैमा रह्यो होला । सन् ४६४ मा मानदेवको चाँगुनारायणको अभिलेख नै नेपालको सबैभन्दा पुरानो अभिलेख मानिएको छ । यसभन्दा अघि किँरातकाल र लिच्छिवीकालमा पनि चित्रहरु बनेका अनुमान गरिएको छ । चित्रहरुको सतह कमजोर भएका कारण त्यस समयको चित्रहरु उपलब्ध हुन सकेका छैनन । लिच्छिवीकालिन मुर्तिहरु भने देखिएका छन ।

चित्रलाई लामो समयसम्म टिकाईराख्ने कुनै खालको वैज्ञानिक ढंगको साधन थिएन । त्यसकारण पनि चित्रका प्रमाणहरु हराउदै गएका छन । पछिल्लो समयमा पाईएका ताडपत्रमा लेखिएका नेपालका प्राचिन ग्रन्थचित्रहरु लगभग ९०० वर्ष पुरानो छन । त्यसकारण ग्रन्थचित्रलाई नै प्राचिन नेपाली चित्रको रुपमा मानिएको छ । खासगरि नेपाली चित्रकलालाई ३ भागमा विभाजन गरेको पाईन्छ । ताडपत्रमा लेखिएको ग्रन्थचित्र, पौभाचित्र, पटचित्र, र भित्ते चित्र ।

नेपालमा ग्रन्थचित्र लेख्ने कहिलेबाट श्रु भयो भन्ने निश्चित छैन । पाँचौ शताब्दीका लिच्छवी राजा नरेन्द्रदेवले मृत्युशैयामा पुगेको समय

प्रज्ञापारमिता नामक ग्रन्थ आफ्नो सन्तानको हातमा दिएको कुरा एउटा पुस्तकमा उल्लेख छ । तर प्रमाण भने अहिलेसम्म पाईएको छैन । प्राचिनकालमा कागजको आविष्कार नभएका बेला ताडपत्र अथवा भोजपत्रमा लेख्ने चलन थियो । यस्तै गरेर पौभाचित्र पनि नेपालको प्राचिन चित्रभित्र पर्दछ । यो विशुद्व नेपाली संस्कृति हो । तल र माथि काठ हालि झुन्डाउन मिल्ने अथवा काठमा बेरेर सानो पार्न मिल्ने कपडामा कोरिएको चित्रलाई पौभााचित्र भन्छौ ।

तिब्बती भाषामा यसलाई थांका भन्ने पनि गरिन्छ । पौभा चित्र नेपालमा चौथो शताब्दीबाट चलेको केहि इतिहासविदको बुझाई भेटिन्छ । तर आठौ शताब्दीतिर पौभा नामाकरण गरिएको अनुमान छ । ते¥हौ शताब्दीदेखि लोकप्रिय रुपमा धेरै लेख्ने चलन भएको यो पौभाचित्र आजसम्म पनि लोकप्रिय छ । अर्को प्राचिन नेपाली चित्रमा पटचित्र रहेको छ । यो पौभा जस्तै जस्तै हुन्छ तर एउटै चाँही होईन । यो पौभा भन्दा अलि ठुलो र विषयबस्तुलाई केहि फरक ढंगबाट प्रस्तुत गरिएको हुन्छ ।

नेपालमा सत्रौँ शंताब्दीको अन्तिम वा अठारँौ शताब्दीदेखि पटचित्र कोर्न थालिएको अनुमान छ । पटचित्रमा भारतिय प्रभाव परेको छ । हुनत भारत र नेपाल जोडिएको देश हुनुले प्रभाव पर्नु स्वभाविक नै हो । नेपाली प्राचिन कलाको विषय जोडिरहदा भित्तेचित्रको नाम छुटाउनु हुदैन । लिच्छवी कालिन कैलाशकुट भवनमा भित्ते चित्र लेखिएको थियो, भन्ने कुरा नरेन्द्रदेवको समयमा नेपाल आएका एक चीनिया दुत वाङदुयम्सको बर्णनबाट स्पस्ट भएको उल्लेख छ । प्रमाणको रुपमा रहेका बसन्तपुरको कुमारी घर, भक्तपुर दरवारको कुमारी चोक, बागभैरभको मन्दिर, किर्तिपुर, शान्तिपुर, स्वयम्भु आदी पर्दछ । यि सबै कलाकृति १८ औँ शताब्दीका हुन । प्राचिन चित्रकलासंगै नेपाली धाँतु मुर्तिमा विष्णु मुर्ति, वुद्वमुर्ति, बज्रपानि, नामसंगिनी, इन्द्र आदि पर्दछन । काष्ठकलामा झ्याल यसमा पनि आँखी झ्याल त छुटाउनु नै हुदैन । २१ ऋौँ शताब्दीमा पनि यसको प्रमाण तथा उदाहरण हामी देख्न सक्छौ । यिनीहरुको पनि विभिन्न नामाकरण गरिएको छ । देशायमरु झ्या, सुर्य झ्याल, मयुर झ््याल, पच्पन्न झ्याल, सं झ्या, गं झ्या पर्दछन । नेपाली कलात्मक विषय वस्तुहरुमा टुडांल, तोरण पनि बिषेश प्राथमिकतामा पर्दछन ।

नेपाली कलाकारमा अरनिको देखि राज्य कालिन कलाकारहरु भाजुमान चित्रकार, बखतमान चित्रकार, पुर्णमान चित्रकार, समरसमसेर हुदै, समसायिक चित्रकार चन्द्रमानसिंह मास्के, तेजबाहादुर चित्रकार, वालकृष्ण सम, आनन्दमुनि शाक्य, जीवरत्न शाक्य, केशव दुवाडी, अमर चित्रकार, कालिदास श्रेष्ठ, गोविन्दनारायण ज्यापु, लैङसिंह वाङदेलहरुको नाम अग्रपंतिमा आउछ । नेपाली कलालाई शैक्षिक रुपमा अगाडी बढाउन जुद्व पाठशाला हुदै, ललितकला क्याम्पस खोलियो । जुन त्रिभुवन विश्वविद्यालय अन्र्तगतको एक मात्र कलेजको रुपमा हाल पि.एच.डी. तहसम्म पढाई हुन्छ । यस्तै गरेर नेपाली कलाको बिकासका लागि अहिलेको अवस्थामा सरकारी तहबाट ललितकला प्रज्ञा प्रतिष्ठानले कलाको विकास र प्रर्वद्वन का लागि काम गरेको देखिएको छ । तर सरकारी तहबाट भन्दापनि निजी तहबाट कला क्षेत्र विस्तार गर्ने कार्यहरु राम्रो ढंङबाट भएको पाउछौ । काठमान्डौँमा मात्र सिमित कला सम्बन्धि पढाई देशका विभिन्न ठाँउमा विस्तार हुने क्रम जारी छ । कलाकारहरु कला बिस्तारसँगै कलाको बारेमा चिन्तित छन । पछिल्लो समयमा कला क्षेत्रमा रुची राख्ने नयाँ पुस्ताहरु पनि क्रमिक रुपमा थपिदै गरेको देखिन्छ । तर अझै पनि हाम्रो समाजसगै अहिलेको सरकार र स्वयम कलाकारहरुले नेपाली कलाको बारेमा चिन्तन गर्नु जरुरी देखिएको छ ।

( लेखक त्रिभुवन विश्वविद्यालयको केन्द्रिय विभागबाट, ललितकलामा स्नात्तकोत्तर गरेकी हुन । )

प्रकाशित मिति: ४ भाद्र २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्