Deshko News
८ आश्विन २०८०, सोमबार

भन्सारको नाममा ठगी



काठमाडाैँ, भाद्र ५
झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो ।

प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पु(याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो ।

एक महिनाअघि पनि भन्सार विभागकै लोगो र नाम प्रयोग गरिएको ९८१००९२३६५ नम्बरबाट विभिन्न व्यक्तिलाई ह्वाट्स एपमार्फत सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको र भन्सार शुल्क चुक्ता गरेपछि घरमै सामान आइपुग्ने भन्दै तस्बिरसहितको सन्देश पठाइएको थियो ।

अझ विदेशबाट कसैले नेपालीको नाममा सामान पठाएको र उक्त सामान आफूले विमानस्थलसम्म पु(याइदिएको भन्दै भन्सार चुक्ताका लागि एकाउन्ट नम्बर उल्लेख गरेर पनि ह्वाट्स एपमार्फत धेरैलाई सन्देश पुगेको थियो ।

भन्सार विभागकै नाम तथा लोगो अङ्कित भएपछि सम्पर्कमा आएका कतिपयले यसलाई सत्य ठानेर थप कुराकानी र रकम भुक्तानीको प्रक्रियाका विषयमा सोधपुछसमेत गरेका थिए । तर यी कुनै पनि किसिमका गतिविधि भन्सार विभागबाट भने भएका थिएनन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News