कान्तिपुर बचत तथा ऋण सहकारीले मागे जति निक्षेप फिर्ता गर्न सकेन



काठमाडौं, भाद्र ७
सोमबार काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच सोमबार भनाभन र विवाद भएको छ । बचतकर्ताले सहकारी कार्यालयअगाडि नाराबाजी गरेका छन् ।

बचतकर्ताले भनेजति रकम कान्तिपुर सहरकारीले दिन सकेन जसका कारण बचतकर्ताले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको विरोध गर्दै आपत्ति जनाएका थिए ।

बचतकर्ताले सो सहकारीले सेवाग्राहीलाई विश्वसनीय र भरपर्दो सेवा दिन नसकेको भन्दै आपत्ति जनाएका थिए । कान्तिपुर सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएका थिए ।

आक्रोशित बचतकर्ताले सहकारीविरुद्ध अभिव्यक्ति दिँदै व्यवस्थापनको गम्भीर ध्यानाकृष्ट गराएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News