Deshko News
८ आश्विन २०८०, सोमबार

भारतीय राजदूत श्रीवास्तव र बाबुराम भट्टराईबीच भेटवार्ता



काठमाडौं, भाद्र ७
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

राजदूतका रुपमा एक महिनाअघि नेपाल आएका उनले राजनीतिक भेटघाटलाई निरन्तरता दिँदै भट्टराईसँग संवाद गरेका हुन् । भेटपछिको तस्बिर डा. भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त तस्बिरमा भट्टराई पुत्री मानुषी पनि देखिएकी छन् ।

‘नेपालका लागि नयाँ भारती राजदूत नवीन श्रीवास्तवसँग एकदमै उपयोगी बैठक भएको छु,’ भट्टराईले भनेका छन्,’भेटका क्रममा आपसी हितका विभिन्न मुद्दामा कुराकानी भएको छ।’

भट्टराईले आफू र श्रीवास्तवबीच व्यक्तिगत सम्बन्ध रहेको पनि बताएका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News