एमालेको पोलिटव्यूरो बैठक आज बस्दै


 


काठमाडौं, भदौ ९
चुनावी राण्नीति बनाउन नेकपा एमालेको पोलिटव्यूरो बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका एजेण्डाहरु प्रस्ताव गरेको छ । उक्त एजेण्डालाई आजको बैठकले अनुमोदन गरेर भोलीबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्