Deshko News
८ आश्विन २०८०, सोमबार

महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा डा. पुकारविरुद्ध उजुरी



काठमाडौं, भाद्र २४
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी परेको छ । अस्पतालमै काम गर्ने एक महिला चिकित्सकले उनीविरुद्ध उजुरी हालेकी हुन् ।

उनले आफूलाई कार्यक्षेत्रमा दुर्व्यवहार गरेको, चरित्रहत्या गरेको, मानसिक यातना दिएको भन्दै ४ वटा निकायमा उजुरी दिएकी छन् । अस्पतालको बोर्डको सँगै नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेलमा पनि उनले उजुरी गरेकी छन् ।

अस्पतालको कामकाजका क्रममा पटकपटक दुर्व्यवहार गरेको भन्दै एक सहकर्मी महिला चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए । उनले मेडिकल काउन्सिलमा उजुरी परेको र छानबिन भइरहेको बताए ।

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News