समयमा काम नगर्ने १० कम्पनी कालोसूचीमा [सूचीसहित]


 


काठमाडौं, भाद्र २७
सरकारले १० वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले डेढ वर्षसम्म १० कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले सोमवार एक सूचना जारी गर्दै १० कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ । कालोसूचीमा पर्नेहरूमा वीरगञ्ज उपमहानगरपालिकामा रहेको देवेन्द्र तेल उद्योग, अछाममा रहेको धर्यता निर्माण कम्पनी लगायत छन् ।

प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालि र लामा/च्याङ्गमिला/सुन्दरी जेभी बाहेक ती कम्पनीहरू सबैलाई एक एक वर्ष कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम भदौं २७ गतेदेखि लागू हुने गरी कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्